काठमाडौँ । नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत भेटिएका छन् ।
काठमाडौँ महानगरपालिका–७ बुलबुलेमा निर्माणधीन घरको अगाडि उनको शव भेटिएको हो ।
काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतका अनुसार बिहीबार बिहान ७ बजेर १० मिनेटमा उनको निर्माणाधीन घरबाट हाम फालेर आत्महत्या गरेका हुन् ।
काठमाडौँ प्रहरी प्रमुख एसइसपी अशोक सिंहले घरको चार तलामाथिबाट उनले हाम फालेको बताए । “नजिकै रहेको सिसी क्यामरामा उनी माथि गएको र झरेको दुवै कैद भएको छ,” उनले भने ।
पोस्टमार्टमका लागि उनको शव त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।
उनी मानसिक तनाव (डिप्रेसन) मा रहेको परिवारलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ ।