जितेन्द्र सोनाल भन्छन्, ‘अख्तियारले छापा मार्दैमा संघीयता समाप्त हुँदैन, मुख्यमन्त्रीले राजीनामा दिनुपर्छ’

307

काठमाडौँ । प्रदेश नम्बर २ का लोकतान्त्रिक समाजवादी पार्टी संसदीय दलका नेता जितेन्द्र सोनालले मुख्यमन्त्री लालबाबु राउन नेतृत्वको सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुबेको भन्दै अख्तियारले मारेको छापाको समर्थन गरेका छन् ।

बुधबार प्रदेशसभा बैठकमा बैठकमा बोल्दै नेता सोनालले प्रदेश सरकारको ‘बेटी बचाऊ बेटी पढाउ’ कार्यक्रमका लागि साइकल खरिदमा व्यापक भ्रष्टाचार भएको आरोप लगाउँदै भने,“मुख्यमन्त्री राउतको कार्यालयले गरेको साइकल खरिदमा भ्रष्टाचार भएको छ । तर, मुख्यमन्त्री आफैँ कर्मचारीले थाहै नदिइ टेन्डर गरिदिए थाहा पाइनँ भन्दैछन् । त्यहीकारण मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मार्यो ।”

केही समय आफू पनि त्यही सरकारअन्तर्गत मन्त्री रहेका सोनालले सुशासनको वकालत दिने मुख्यमन्त्रीले नै अख्तियार बोलाएको तर्क गर्दै भने,“सुशासनको नाममा मुख्यमन्त्रीले नै आफ्नै कार्यालयमा अख्तियार बोलाए । मुख्यमन्त्री आफैँ सुशासन कायम गर्छु भन्छन् तर अख्तियारले भ्रष्टाचार आरोपमा छापा मारिरहेको छ ।”

अख्तियारले छापा मार्दा मुख्यमन्त्री नै मशाल जुलुस निकाल्न निस्केकोमा कटाक्ष गर्दै सोनालले थपे,“अख्तियारको छापाले संघीयता समाप्त हुँदैन । तर, अख्तियार छानबिन गर्न आउँदा उसलाई प्रभावित गर्न हामीले मशाल जुलुस निकाल्छौँ । अख्तियारले छानबिन गर्यो अब मुख्यमन्त्रीले मार्गप्रशस्त गरेर छानबिनमा सघाउनुपर्छ । यो नै उत्तम विकल्प हो ।”

Share This:
सम्बन्धित खबर
Loading...