चितवन पहिलाेपटक इपिएलको फाइनलमा

163

काठमाडौँ । पोखरा राइनोजलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै चितवन टाइगर्स चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)को फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको क्लालिफायरमा चिवतनले बलिङ र ब्याटिङ दुवैमा सानदार प्रदर्शन गर्दै पहिलोपटक इपिएलको फाइनलमा स्थान बनाएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङमा बोलाए चितवनले पोखरालाई ६६ रनमा समेटेको थियो ।

चितवनका रिचार्ड लेवीले १९ र सुनिल धमलाले १८ रनको ब्यक्तिगन स्कोर बनाउँदै राम्रो सुरुवात दिलाएपनि मध्यक्रमका ब्याटरहरुले उल्लेख्य रन बनाउन नसक्दा टोली झिनो योगफलमा समेटिएको थियो ।

यस्तै, सुशान भारीले १२ रन जोड्दा, बिनोद भण्डारी शून्य, लोकेश बम ५, विक्रम सोब ३ रनमा आउट भए ।

पोखरालाई सस्तैमा समेट्ने क्रममा चितवनका शाहब आलम र सागर ढकालले ४–४ विकेट लिए । समान ४ ओभर बलिङ गरेका आलमले १० रन खर्चिए भने ढकालले १४ रन दिए ।

६७ रनको लक्ष्य पच्छ्याएको चितवनले ७.५ ओभरमा १ विकेट गुमाएर भेट्टायो । चितवनको जितमा मोहम्मद शाहजादले ४८ रनको योगदान दिए । २६ बल खेलेको शाहजादले २ छक्का र ७ चौका प्रहार गरे ।

यस्तै, हसिम अन्सारीले १४ रन जोडे ।

जितसँगै चितवन प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । चितवनले उपाधिका लागि दोस्रो क्लालिफायरको विजेतासँग खेल्ने छ ।

एलिमिनेटर खेलमा आजै काठमाडौँ किङ्ग्स इलावेन र भैरहवा ग्लाडियटर्सबीच प्रतिस्पर्धा हुँदै छ । एलिमिनेटरको विजेताले बिहीबार फाइनल प्रवेशका लागि पोखरासँग प्रतिस्पर्धा गर्ने छन् ।

Share This:
सम्बन्धित खबर
Loading...