परराष्ट्रमन्त्री खड्का र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

319

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छन् ।

परराष्ट्रमन्त्री खड्कासँगको भेटका लागि यान्छी सिंहदरबारस्थित परराष्ट्रमन्त्रालय पुगेकी थिइन् । राजदूत यान्छीले सामाजिक सञ्जालमार्फत परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता भएको जानकारी दिइन् ।

भेटमा दुई देशका नेताहरुबीच भएको महत्वपूर्ण सहमति लागु गर्न र नेपाल–चीनबीच द्विपक्षीय सहयोगलाई बढवा दिनका लागि मिलेर काम गर्ने विषयमा छलफल भएको उनले जानकारी दिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...