सङ्खुवासभा सामूहिक हत्याकाण्ड : चार अभियुक्त पुर्पक्षका लागि कारागार चलान

एक नाबालकलाई सुधार गृह पठाइयो

330

काठमाडौँ । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलामा एकै परिवारका ६ जनाको हत्या काण्डमा सहभागी चार अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गर्न अदालतले आदेश दिएको छ ।

हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका स्थानीय खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की र हस्तबहादुर कार्कीलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत चैनपुरले सोमबार आदेश दिएको हो ।

सबै अभियुक्तहरुलाई पुर्पक्षका लागि कारागार कार्यालय खाँदबारी र एक बालकलाई बाल सुधार गृह विराटनगर पठाउन अदालतले आदेश दिएको छ । गत भदौ २१ गते बिहान मादी नगरपालिका–१ उम्लिङ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका ६ जनाको सामूहिक हत्या भएको थियो ।

घटनामा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...