कांग्रेसको सङ्खुवासभा जिल्ला सभापतिमा दीपक खड्का विजयी

405

खाँदबारी । नेपाली कांग्रेस सङ्खुवासभा सभापतिमा दीपक खड्का निर्वाचित भएका छन् । प्रतिस्पर्धी रामबहादुर राईलाई भारी मतान्तरले पराजित गर्दै खड्का सभापति पदमा निर्वािचत भएका हुन् ।

कुल खसेको एक हजार ३४९ मतमा खड्काले एक हजार १९८ ल्याए भने राईले ११० मत मात्रै प्राप्त गरे । खड्का २०७० सालको संखुवासभा क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित भइ खानेपानी तथा सरसफाई राज्यमन्त्री भएका थिए । उपसभापतिमा रामकुमार जिमी ९१६, अनन्त गौली ६७०, सचिवमा टकमान घले एक हजार ४५ र कुमारबाबु अधिकारी ७४३ मत ल्याएर विजयी भएका छन् ।

सहसचिवमा किशोरकुमार गुरुङ ६६७ र सुवास कालाखेती ६०५ मत ल्याएर विजयी भएका छन् । सभापति खड्का कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् । जिल्ला कार्यसमिति चयनका लागि सहमति नभएपछि शनिबार मतदान भएको थियो ।

कांग्रेसको जिल्ला कार्यसमितिमा ४२ पद र केन्द्रीय महाधिवेशन प्रतिनिधि २६ पदका लागि मतदान भएको हो । महाधिवेशन प्रतिनिधिको मत गणना आइतबार राति बाट रोकिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...