२४ घन्टामा थपिए १०७८ काेराेना संक्रमित, १२ जनाकाे मृत्यु

250

काठमाडौँ । नेपालमा २४ घन्टाको अवधिमा १ हजार ७८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ८ हजार ५५५ आरटी पिसिआर र ३ हजार २१० एन्टिजेन गरी कुल ११ हजार ७६५  जनामा परीक्षण गरिएकोमा १ हजार ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर १८ हजार १६८ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये १६ हजार ८०२ जना होम आइसोलेसनमा, १ हजार ३६६ संस्थागत आइसोलेसनमा र २३८ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३५३ जना र भेन्टिलेटरमा ११७ जना उपचाररत छन् ।

मन्त्रालयकाअनुसार बिहीबार देशभरबाट ९११ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ६५ हजार ७५८ पुगेको छ । निको हुने दर ९६.३ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १२ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १३५ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...