चितवन शीर्ष स्थानमा, काठमाडौँ ३ विकेटले पराजित

292

काठमाडौँ । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा चितवन टाइगर्स विजयी भएको छ ।

काठमाडौँ किङ्ग्स–११ ले दिएको १४२ रनको लक्ष्य चितवनले ८ बल बाँकी रहँदा ७ विटेको क्षतिमा पूरा गर्दै ३ विकेटको जित हासिल गरेको हो । जितसँगै चितवन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

चितवनको जितमा राजेश पुलामी र कमलसिंह ऐरीले अविजित २६ तथा २३ रनको योगदान दिए । यस्तै, दिलिप नाथले २३, करिम जनतले २१, मोहम्मद शाहजादले १७ रनको पारी खेले ।

काठमाडौँका जितेन्द्र मुखिया र रायन बर्लले समान २–२ तथा जनक प्रकाश, गुल्शन झा र सन्दीप लामिछानेले एक–एक विकेट हात पारे ।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।

काठमाडौँका सुवास खकुरेलले ३५, राजु रिजालले २८, जनक प्रकाशले २६ रन बनाएका थिए । अन्य ब्याटरहरुले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

काठमाडौँमाथिको जितसँगै चितवन अंक तालिकको शीर्ष स्थानमा उक्लिएको छ । चितवनले दुई खेलबाट ४ अंक जोडेको छ भने काठमाडौँको २ अंक रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...