इपिएल टी–२० क्रिकेट : ललितपुरमाथि पोखराको प्रभावशाली जित

100

काठमाडौँ । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)मा पोखरा राइजोजले ९ विकेटको फराकिलो जित हात पारेको छ ।

चिसो मैदानका कारण निर्धारित समयभन्दा एक घन्टापछि सुरु भएको खेल ७ ओभरमा छोट्याइएको थियो । ललितपुर प्याट्रियोट्सले दिएको ५२ रनको लक्ष्य पोखराले ३ बल बाँकी रहँदा एक विकेटको क्षतिमा पुरा गर्यो ।

पोखराका लागि रिचार्ड लेवीले ३८ रनको अविजित पारी खेले । २२ बलको समना गरेको लेवीले एक छक्का र ५ चौकाको मद्धतमा ३८ रन जोडे । यस्तै, रित गौतमले १४ रनको योगदान दिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेका ललितपुरले ६ विकेटको क्षतिमा ५१ रन बनाएको थियो ।

खराब सुरुवात गरेको ललितपुरका सन्दुन विराक्कोडीले सर्वाधिक १९ रनको पारी खेले । यस्तै, नारायण जोशीले ११, ओशाडा फर्नान्डोले १० तथा कुशल भुर्तेलले ३ रनको पारी खेले ।

पोखराका नन्दन यादवले ३, विक्रम सोबले २ तथा केसरिक विलियम्सले एक विकेट लिए ।

जितसँगै पोखरा दुई खेलबाट ३ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पराजित ललितपुर बिना अंक तालिकाको पुछारमा रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...