मलेसियामा एक नेपाली कामदारको मृत्यु

429

काठमाडौँ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत एक नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक महादेवटार–८ का टेकबहादुर तामाङ रहेका छन् ।

मलेसियाको सिन याङ प्लाइवूड एसडिएन बिएचडी नामक कम्पनीमा कार्यरत उनको मृत्यु एको हो ।

उक्त कम्पनीमा सेक्युरिटी गार्डको रुपमा काम गर्दै आएका तामाङ अचानक ड्युटीमा नै ढलेपछि नजिकैको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको बताइएको छ ।

९ वर्षअघि मलेसियामा काम गर्दै आएका उनी विगत केही महिनादेखि प्रेसरको रोगी रहेको र डाक्टरको सल्लाहअनुसार नियमित औषधि सेवन गरिरहेका थिए ।

उनको शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी स्वदेश फर्काउने तयारी थालिएको त्यहाँस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...