प्रदेश २ लोसपा संसदीय दलको नेतामा जितेन्द्र सोनाल

119

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश नम्बर २ को संसदीय दलको नेतामा जितेन्द्र सोनाल निर्वाचित भएका छन् ।

जनकपुरको होटल सिटी स्टारमा सोमबार अबेर रातिसम्म चलेको संसदीय दलको बैठकमा सहमति नजुट्दा निर्वाचन भएको थियो । बैठकमा लोसपा अध्यक्ष महन्थ ठाकुर पनि सहभागी थिए ।

सहमतिमा नेता चयन गर्ने प्रयास विफल भएपछि निर्वाचन प्रक्रियामार्फत सोना दलको नेता चयन भएका हुन् । “राति अबेर लोकतान्त्रिक विधि प्रक्रियाबाट प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनाल निर्वाचित हुनुभयो,” नेता केशब झाले भने ।

निर्वाचनमा १६ सांसद्मध्ये सोनाल ९ मत ल्याएर दलको नेता बनेका हुन् । सोनालसँग उपेन्द्र महतोले चुनावी प्रतिस्पर्धा गरेका थिए । उनले मात्र ६ मत पाए । एक मत बदर भएको थियो । महतो लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोका भतिज हुन् ।

दलका नेता बनेका सोनाल बारा क्षेत्र नम्बर ४‘ख’बाट निर्वाचित सांसद् हुन् । तत्कालीन राजपा संसदीय दलका नेताको हैसियतमा उनी यसअघि प्रदेशमा भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...