एनभिए भलिबल च्याम्पियनसीप : डिफेन्डिङ च्याम्पियन हेल्प नेपालको विजयी सुरुवात

319

काठमाडौँ । राजधानीमा जारी एनभिए राष्टिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसीपको पुरुषतर्फ डिफेन्डिङ च्याम्पियन हेल्प नेपालले विजयी सुरुवात गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको कर्भडहल त्रिपुरेश्वरमा सोमबार भएको पहिलो खेलमा हेल्प नेपालले बागमती प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट २५–१६ ले जितेको हेल्प नेपालले दोस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो तथा निर्णायक सेट २५–१२ ले जितेको थियो ।

त्यस्तै, सोमबार नै भएको अर्को खेलमा पूर्वको दावाँली मिलन क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकी प्रदेशले जारी प्रतियोगितामा २ अंक जोड्न सफल भयो । भारतीय खेलाडीसहित कोर्ट उत्रिएको गण्डकीले दावालीमाथि २५–१२,२५–२२,२०–२५ र २७–२५ को सेटमा जित निकाल्यो ।

अर्को खेलमा पुलिसले मणिमुकुन्द भलिबल क्लबमाथि तीन शून्यको सोझो सेटमा पराजित गर्यो । उपाधिको दावेदारमध्येको एक टिम पुलिसले मणिमुकुन्दलाई २५–१४, २५–१५ र २५–१७ को सोझो सेटमा हरायो । जितसँगै पुलिसले समुह बी मा दुई खेलमा ६ अंक बनाएको छ ।

त्यस्तै, अर्को खेलमा गल्कोट स्पोर्टस क्लबले प्रदेश नम्बर २ माथि सोझो सेटमा जित निकाल्दै तालिकामा ४ अंक बनाउन सफल भयो । पहिलो सेट २५–२३ ले जित्दा दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो भने तेस्रे सेट २५–१८ ले जितेको हो ।

च्याम्पियनसीपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ । महिलातर्फको खेल भने मंगलबारबाट सुरु हुनेछन् ।

Share This:
सम्बन्धित खबर
Loading...