२४ घन्टामा थपिए १२८२ संक्रमित, ७ जनाकाे मृत्यु

काेराेना अपडेट

304

काठमाडौँ । नेपालमा २४ घन्टाको अवधिमा १ हजार २८२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १२ हजार ८१ आरटी पिसिआर र ३ हजार ४०७ एन्टिजेन गरी कुल १५ हजार ४८८  जनामा परीक्षण गरिएकोमा १ हजार २८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर १८ हजार ८४८ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये १७ हजार ५३५ जना होम आइसोलेसनमा, १ हजार ३१३ संस्थागत आइसोलेसनमा र २५६ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३८५ जना र भेन्टिलेटरमा १२५ जना उपचाररत छन् ।

मन्त्रालयकाअनुसार साेमबार देशभरबाट १ हजार २६२ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ६२ हजार ४१६ पुगेको छ । निको हुने दर ९६.२ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ७ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १०३ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...