इपिएल २०२१ : भैरहवा र चितवनबीचको खेल पनि रद्द

194

काठमाडौँ । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्सबीचको खेल पनि स्थगित भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान चिसो आउटफिल्ड र वर्षाका कारण सोमबारको दुवै खेल स्थगित भएको हो ।

अघिल्लो दिनको वर्षाले मैदान भिजाएका कारण आजको पहिलो खेल अवरुद्ध भएको थियो । त्यसमा दिउँसो २ बजेपछि पुनः वर्ष भएपछि मैदान खेल्नका लागि असम्भव भएको हो ।

आयोजकले सोमबार बिहान र दिउँसोको दुवै खलको तालिकालाई पुनःतालिकीकरण गर्ने बताएको छ ।

यसअघि भएको खेलमा चितवने विराटनगर वारियर्सलाई २ विकेटले पराजित गरेको थियो । भैरहवा र पोखरा राइजोजले वर्षाका कारण अंका बाँडेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...