इपिएल २०२१ : काठमाडौँ र विराटनगरबीचको खेल रद्द

97

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत काठमाडौँ किङ्ग्स–११ र विराटनगर वारियर्सबीचको खेल रद्द भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज हुने भनिएको काठमाडौँ र विराटनगरबीचको खेल आइतबार परेको पानीका कारण अ‍ोसिलो आउट फिल्डका करण रद्द भएको हो । दुई टोलीबीचको खेल बिहान साढे ९ बजेदेखि हुने कार्यतालिका रहेको थियो ।

आयोजका अनुसार खेल अर्को दिन हुने सम्भावना छ ।

चिसो मैदानका कारण २ घन्टाभन्दा ढिला गरी सुरु गर्ने गरी तयारी गरिए पनि अम्पायरले दुई टोलीसँगको छलफलपछि खेल रद्द गर्ने निर्णय गरेको हो ।

यसअघि भएको पहिलो खेलमा काठमाडौँले ललितपुर प्याट्रियोट्सलाई ७ विकेटले हराएको थियो भने विराटनगर चितवन टाइगर्ससँग २ विकेटले पराजित भएको थियो ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौँमा पाकिस्तानी पूर्वक्रिकेटर शाहिद अफ्रिदी रहेका छन् । यता, करण केसीको कप्तानीमा रहेको विराटनगरलाई पहिलो खेलमा पराजित हुँदा आजको खेल महत्वपूर्ण रहेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...