नेपाल प्रहरीमा सइसहित ११ जना सम्पर्कविहीन

338

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले गत साउन महिनादेखि सम्पर्कमा नरहेका ११ जनालाई सात दिनभित्र सम्पर्कमा आउन सूचना जारी गरेको छ ।

गैरहाजिर भएकाहरूको नामावली आइतबार सार्वजनिक गरेको गर्दै सात दिनभित्र सम्पर्कमा आउन सूचना जारी गरेको हो ।

आफूखुसी गैरहाजिर हुनेहरूमा जिल्ला प्रहरी कार्यालय बर्दिया दरबन्दी भएका प्रहरी नायब निरीक्षक चन्दरदेव जोशीलगायत छन् । कैलालीको गोदावरी घर भएका जोशी गत २४ साउनदेखि सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।

यसैगरी प्रहरी हबल्दारहरू हरिभक्त राई, शिवबहादुर जर्गामगर, सुमन भण्डारी, खगेन्द्र थापामगर, बिरबहादुर भण्डारी, विनोद बुढाक्षेत्री, अनिलकुमार गुरुङ, पदमबहादुर थापा श्रीस, डम्बर दियाल पनि सम्पर्कमा नरहेको प्रहरीको सूचनामा उल्लेख छ ।

उनीहरूलाई बाटोको म्यादबाहेक सात दिनभित्र सम्पर्कमा आउन भनिएको छ । तोकिएको अवधिभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी हेडक्वाटरले दिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...