२४ घन्टामा थपिए ९५३ संक्रमित, १३७१ काेराेनामुक्त

काेराेना अपडेट

245

काठमाडौँ । नेपालमा शनिबार थप ९ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार ५० पिसिआर परिक्षणका क्रममा ७ सय ९० जना र ३ हजार ५ सय २९ एन्टिजेन परिक्षणका क्रममा १ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ८१ हजार १ सय ५ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ६ जनााको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ८७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

२४ घन्टामा १ सय ३७१ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ५९ हजार ८ सय ७५ संक्रमित निको भएका छन् । हाल नेपालमा १९ हजार ७ सय सक्रिय संक्रमित आइसाेलेन र २ सय ३७ जना क्वारेन्टिनमा रहेका मन्त्रालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...