इपिएल टी–२० क्रिकेटः काठमाडौँको विजयी सुरुवात

259

काठमाडौँ । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा काठमाडौँ किङ्ग्स इलावेनले विजयी सुरुवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रियोट्सलाई ७ विकेटले पराजित गरेको हो ।

ललितपुरले दिएको १५८ रनको लक्ष्य पच्छ्याएको काठमाडौँले १४.२ ओभरमा ३ विकेट गुमाउँदै भेट्टाएको थियो । काठमाडौँको जितमा रायन बर्ल र रहमनुल्लाह गुर्बाजले अर्धशतकीय पारी खेले ।

३४ बल खेलेका रायनले ७ छक्का र ३ चौकाको मद्धतमा ७३ रन जोड्दै अविजित रहे । यस्तै, गुर्बाजलले ३६ बलमा ५९ रन बनाए । पहिलो दुई विकेट सस्तैमा गुमाएको काठमाडौँको पारी गुर्बाज र रायनले उकासे ।

राजु रिजाल १९ रनमा नटआउट रहे । यसैगरी अमित श्रेष्ठ ४ तथा सुवास खकुरेल शून्य रनमा आउट भए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५७ रन बनाएको थियो ।

सुरुवाती तीन विकेट सस्तैमा गुमाएको ललितपुरका पवन सर्राफ र योगेन्द्र सिंह कार्कीले सम्हालिएको प्रदर्शन गर्दै सम्मानजनक योगफल बनाएको थियो । सर्राफले ६१ तथा कार्कीले ३३ रन बनाए ।

यस्तै, भुटानका रनजोङ मिक्यो दोर्जीले १७, शंकर रानाले १४ तथा नारायण जोशीले १२ रन जोडे ।

काठमाडौँका जितेन्द्र मुखियाले ४, रायन बर्ल र गुल्शन झाले समान २–२ विकेट लिए ।

Share This:
सम्बन्धित खबर
Loading...