इजरायल जनाका लागि नक्कली कागजात पेस गर्ने २७९० जनाको आवेदन रद्ध

274

काठमाडौँ । सरकारले नक्कली कागजपत्र पेस गर्दै इजरायल जानका लागि भन्दै आवेदन दिएका २ हजार ७९० जनाको आवेदन फारम रद्ध गरेको जनाएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य, श्रम र उपभोक्ता हित संरक्षण समितिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले नक्कली कागजपत्र पेस गर्दै आवदेन दिएको खुलेपनि उनीहरुको आवेदन फारम रद्ध गरेको जानकारी दिए ।

कारबाहीको डरले अझैपनि अन्तर्वाताका क्रममा आफ्ना आवदेन रद्ध गरिपाँउ भन्ने निवेदन आएको उनले बताए । ६ हजार ३ सय १७ जनाले परिक्षा दिएकामा दुई हजार ३९ जना उतिर्ण भएको र त्यसमध्येपनि १६ सय जना छनोट भएको उनले बताए ।

छनोट भएका १६ सयमध्ये इजरायल सरकारको निकायबाट लटरीप्रथाबाट एक हजार जनालाई मात्र अन्तिम छनोट गर्ने सचिव गौतमले जानकारी दिए । उनले अहिलको प्रक्रिया सकिने बित्तिकै २५ सयको डिमान्ड तयारी अवस्थामा रहेको उल्लेख गरे । इजराइल जानेले महिनाको दुई लाख पाउने र नेपालको रेमिटेन्स पनि बढ्ने उहाको भनाइ छ ।

त्यस्तै, बैठकमा वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले आवेदकले प्रमाणपत्रहरु, उचाइ, तौल, शेक्षिक योग्यतालगायतका कुरा स्वघोषणा गरी निवेदन दिएकोमा अधिकांशको निवेदनमा त्रुटी देखिएको बताए । उनले उत्तरपुस्तिकालाई चिकित्सा शिक्षा आयोगमा लगेर मेसिनले नै जाँच्ने प्रविधिको प्रयोग गरिएकाले नजिताको काम छिटो भएको जानकारी दिए ।

बैठकमा समिति सदस्यहरुले वैदेशिक रोजगारमा जाने कामदारबाट लिइने शुल्क तोकिएपनि बढी शुल्क बुझाउनुपर्ने गुनासो आएको भन्दै मन्त्रालय र विभागको ध्यानाकर्षण गराएका थिए । जबाफमा मन्त्रालयका सचिव गौतमले वैदेशिक रोजगारमा जादा १० हजारमात्र बुझाउनुपर्ने नियमलाई अब परिवर्तन गर्नुपर्ने अवस्था आएको धारणा राखे ।

Share This:
सम्बन्धित खबर
Loading...