राप्रपा पाँचथरले सार्वजनिक गर्‍यो अधिवेशन कार्यतालिका

270

पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्य समिति पाँचथरले अधिवेशन तालिका सार्वजनिक गरेको छ ।

राप्रपा पाँचथरले सार्वजनिक गरेको अधिवेशन तालिकाअनुसार असोज ५ देखि १५ गतेसम्म वडा, गाउँ र नगर अधिवेशन सम्पन्न गर्ने तय गरिएको छ । यसैगरी असोज १८ गतेसम्म प्रदेशसभा र असोज २० गतेसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यक्रम रहेको छ ।

कार्यकर्ता पंक्तिको चाहना र पार्टी एकताको लक्ष्य बमोजिम अधिवेशन कार्यक्रम असोज ५ गतेबाट सुचारु भएको राप्रपा पाँचथरका सहअध्यक्ष राज कुमार जोशीले बताए ।

यसअघि जगत थापा समूहले एकांकी रुपमा तय गरेको अवैध अधिवेशन सच्याउन चुनावी कार्यक्रम जारी गरेको सहअध्यक्ष जोशीले राप्रपा पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाटको क्रममा स्पष्ट पारे । पार्टीको हित र सकारात्मक विकासप्रति प्रतिवद्ध कार्यकर्ताको सुझाव मध्यनजर गरेर अधिवेशन तालिका आएको उनको भनाइ थियो ।

‘विधिवत चुनावी प्रक्रियालाई अवरोध गर्ने गलत कार्यले आम कार्यकर्ता पंक्तिलाई चिन्तित तुल्याएको छ । यसमा पराजित मानसिकता प्रतिविम्बित भएको स्पष्ट छ । प्रजातान्त्रिक प्रक्रिया र नतिजाबाट भाग्ने काम मनासिव छैन,’ कार्य सम्पादन समिति सदस्य तथा प्रदेश नम्बर १ का उपाध्यक्ष सगुनसुन्दर लावतीले भने ।

‘पारस्परिक परामर्श र समन्वयमा पार्टी संगठन सुढृद गर्नु भन्ने पार्टी केन्द्रको निर्देशन छ । तथापि पार्टी नेतृत्वको नीति निर्देशनविपरीत, महाधिवेशन निर्देशिका उल्लंघन गर्दै यहाँ स्वेच्छाचारी प्रवृत्ति प्रदर्शन गरिएको छ,’ केन्द्रीय सदस्य मानदेव केरुङले भने ।

‘यस्तो अवैधानिक कामबाट पार्टीको छबी धुमिल हुने अवस्था छ । यस विषयमा पार्टी केन्द्र गम्भीर हुनुपर्छ,’ उनले भने ।

महाधिवेशनबाट प्राप्त उर्जाबाट राप्रपाले फड्को मार्ने राप्रपा पाँचथरले जनाएको छ ।

यसैबीच जिल्ला सदस्यहरू सचिन जबेगु र रिता शेर्मा आङदेङवेले विज्ञप्ति जारी गर्दै निर्वाचन समिति र कार्यतालिका विषयमा असोज ४ गते भएको एकलौटी निर्णयप्रति असहमति जनाएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...