काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको महाधिवेशन फागुनमा हुने भएको छ ।
तनहुको बन्दीपुरमा बसेको केन्द्रीय समितिको बैठकले जनयुद्ध दिवसको अवसर पारेर महाधिवेशन गर्ने निर्णय गरेको छ । कात्तिकसम्म जनवर्गीय संगठनको राष्ट्रिय सम्मेलन गर्नेसमेत बैठकले निर्णय गरेको छ ।
मंसिर ८ गते पार्टी स्थापना दिवसको अवसरमा पार्टी पुर्नगठन गर्ने निर्णय पनि बैठकले गरेको बताइएको छ ।
प्रतिबन्ध फुकुवापछि खुला राजनीतिमा आएर पहिलोपटक केन्द्रीय समितिको बैठक तथा पाँचदिने प्रशिक्षणका क्रममा सो निर्णय भएको सो पार्टीले जनाएको छ ।
असोज १ गतेदेखि सुरु भएको बन्द प्रशिक्षण मंगलबार राति सकिएको थियो । कार्यक्रममा केन्द्रीय समितिका ७६ सदस्य सहभागी थिए ।