नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री

256

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री नियुुक्त भएका छन् । महानिर्देशक राजन पोखरेलले पदबाट राजीनामा दिएसँगै उपमहानिर्देशक क्षेत्रीलाई निमित्त महानिर्देशक बनाइएको हो ।

क्यानका महानिर्देशक राजन पोखरेलले उमेरहदका कारण पदबाट राजीनामा दिएपछि क्यानकै १२औँ तहका उपमहानिर्देशक क्षेत्री निमित्त महानिर्देशक बनेका हुन् । वरिष्ठताका आधारमा क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

अनिर्वाय अवकास पाउने तयारीमा रहेका पोखरेलले मंगलबार साँझ पदबाट राजीनामा दिएका थिए ।

३४ वर्ष हवाई उड्डयन क्षेत्रमा सेवा गरेका क्षेत्री १२औँ तहमा उपमहानिर्देशकको जिम्मेवारीमा कार्यरत थिए । उनले क्यानको प्रवक्ता तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रवन्धक पदमा रहेर काम गरिसकेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...