नेपाली टोलीको सुरुवाती–११ घोषणा : पूजाको स्थानमा बिमलाले खेल्ने

350

काठमाडौँ । एएफसी महिला एसियन कप-२०२२ छनोटअन्तर्गत दोस्रो खेलमा हङकङसँग खेल्ने नेपाली टोलीको सुरुवाती एघार सार्वजनिक भएको छ ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने दोस्रो खेलमा लागि नेपाली टोलीको प्लेइङ सेट सार्वजनिक भएको हो । खेल नेपाली समयअनुसार दिउसो ३ः४५ बजे सुरु हुने छ ।

प्रशिक्षक फिलिप्स ग्यारीले फिलिपिन्ससँगको खेलबाट १ मात्रै खेलाडी परिवर्तन गरेका छन् । चोट बोकेकी पूजा रानाको स्थानमा बिमला विकले हङकङविरुद्ध खेल्ने छिन् । बिमलाले फिलिपिन्सविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गर्दै डेब्युसमेत गरेकी थिइन् ।

रेनुका नगरकोटीको कप्तानीमा हङकङविरुद्ध खेल्ने सुरुवाती–११ मा प्रिती राई, सविता रानामगर र बिमला चौधरीले अट्याकको भूमिका निभाउने छिन् ।

यस्तै मिडलाइनमा रेनुकासहित, दीपा राई, मञ्जलीकुमारी योञ्जन र सरु लिम्बूलाई जिम्मेवारी दिइएको छ ।

यस्तै डिफेन्समा हिराकुमारी भुजेल, गीता राना, अमृता जैशी र बिमला विक रहेकी छन् । गोलरक्षकमा भने एञ्जिला तुम्बाप्पो सुब्बा रहेकी छन् ।

यसअघि पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको थियो ।

नेपालको सुरुवाती–११
गोलकिपरः अञ्जिला सुब्बा
डिफेन्डरः हिराकुमारी भुजेल, अमृता जैशी, गीता राना, बिमला विक
मिडफिल्डरः रेनुका नगरकोटी, सरु लिम्बू, मञ्जलीकुमारी योन्जन
फरवार्डः प्रिती राई, सबिता रानामगर, बिमला चौधरी

Share This:
सम्बन्धित खबर
Loading...