२ वटा चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

220

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले २ वटा चोरीको मोटरसाइकलसहित १ जनालाई नियन्त्रणमा लिएको छ ।

महाशाखाको पीडित सहायता इकाईबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीबाटदोलखा कालिञ्चोक घर भई हाल बौद्ध बस्ने वर्ष २४ को तेजबहादुर खड्कालाई मोटरसाइकल चोरीको अभियोगमा पक्राउ गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

विशेष सुराकीको आधारमा निजलाई पक्राउ गरी उनले लुकाई पार्किङ गरी राखेएको बा५६प ४५४४ नम्बरकोस्कुटर फेला परेको हो । यस्तै, वास्तविक नम्बर परिवर्तन गरि प्रदेश३–०२–०१०प ७४४ नम्वर प्लेट भएको मोटरसाइकल समेत फेलापारेको हो । वास्तविक नम्बर बागमती प्रदेश०२–०१७प ७८०३ भएको उक्त मोटरसाइकल यहि भाद्र ३० गते काठमाण्डौको काँडाघारी स्थित पार्किङबाट हराएको खुल्न आएको छ ।

पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त सातदोबाटोमा बुझाएको महाशाखाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...