रोनाल्डो र लिङ्गार्डको गोलमा युनाइटेडको पुनरागमन जित

79

काठमाडौँ । पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोको गोलसँगै इंग्लिस प्रिमियर लिग (इपिएल) मा म्यानचेष्टर युनाइटेडले पुनरागमन जित निकालेको छ ।

आइतबार राति भएको खेलमा भ्रमणकारी टोली म्यानचेष्टरले वेष्ट हाम युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

लन्डन स्टेडियममा १–० गोल अन्तरले पछि परेको स्थितिमा म्यानचेष्टर युनाइटेड खेलमा पुनरागमन गरेको हो ।

खेलको ३० मिनेटमा साइड बेन्राहमाको गोलमा घरेलु टोली वेष्ट हामले खेलमा अग्रता बनाएको थियो । त्यसको ५ मिनेटमै रोनाल्डोले बराबरी गोल गरे ।

खेल सकिन १ मिनेट बाकी रहँदा जेसे लिङ्गार्डले गोल गर्दै म्यानचेष्टरलाई महत्वपूर्ण तीन अंक दिलाए । लिङ्गार्डले माटिकको पास सदुपयोग गरेका थिए ।

खेलमा थपिएको ५ मिनेटमा म्यानचेष्टरका गोलरक्षक डेभिड डे गेआले पेनाल्टी रोक्दै टोलीलाई अंक बाढ्नबाट जोगाएका थिए ।

जितसँगै म्याचनेष्टर युनाइटेड प्रिमियर लिगमा दोस्रो स्थानमा उक्लिएको छ । ५ खेलमा ४ जित र १ बराबरी खेलेको युनाइटेड शीर्षस्थानको लिभरपुलसँग समान १३ अंक भए पनि गोलअन्तरका आधारमा दोस्रो स्थानमा रहेको हो ।

यता, पराजित वेष्ट हाम भने ५ खेलबाट २ जित, २ बराबरी र १ हारसहित ८ अंक बनाउँदै आठौँ स्थानमा रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...