नेपालले ओमानलाई ७ विकेटले हरायो

252

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ ।

आइतबार अल अमिरात क्रिकेट मैदानमा १२१ रनको लक्ष्य पच्छ्याएको नेपालले १८ ओभर २ बलमा ३ विकेट गुमाउँदै १२२ रन बनाएको हो ।

नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५२ रन बनाए । ४६ बल खेलेका ज्ञानेन्द्रले २ छक्का र ४ चौका प्रहार गरे । यस्तै, आसिफ शेखले ४० रन बनाए । ४४ बल खेलेका शेखले ७ चौका प्रहार गरे ।

ओमानका नेस्टर धम्बाले दुई विकेट लिए । कालीमुल्लाहले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय २१ रन बनाउको थियो ।

ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ४१ रन बनाए । यस्तै, जतिन्दर सिंहले १३ रन जोड्दा नसिम खुसी १२ रनमा आउट भए ।कालिमउल्लाह ११ रनमा अविजित रहदा बिलाल खानले ९ रन बनाए ।

ओमानलाई सस्तैमा समेट्न करण केसी र सन्दीप लामिछानेले ४–४ विकेट लिए । शरद भेषवाकरले २ विकेट लिए ।

लिग–२ शृंखलामा नेपालले पहिलोपटक ओमानलाई पराजित गरेको हो । गत मंगलबार भएको खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो ।

लिग–२ मा नेपाल ८ खेलमा ८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । ओमान १३ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...