आधा दर्जन गोलसँगै बायर्न शीर्षस्थानमा उक्लियो

239

काठमाडौँ । जर्मन बुण्डेस लिगा अन्तर्गतको पाँचौँ चरणमा बायर्न म्युनिख भिएफएल बोचुमविरुद्ध आधा दर्जन गोलसहित शीर्षस्थानमा उक्लिएको छ ।

शनिबार साझ भएको खेलमा बायर्न भिएफएल बोचुमविरुद्ध ७–० गोल अन्तरको सहज जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको हो ।

लगातार जित निकाल्ने क्रममा बायर्नको लागि जोसुवा किमिचले दुई तथा लोरेय साने, सर्जी जिनाब्री, रोबर्ट लेवाण्डोस्की, एरिक म्याक्सिम चोउपो मोटिङले एक एक गोल गरे । बोचुमका भासिलिस लाम्प्रोपोउलोसले आत्माघाति गोल गरे ।

घरेलु मैदान एलियन्ज एरिनामा बायर्नले सानेको गोलमा १७ मिनेटमा अग्रता लिएको थियो । किमिचले २७ मिनेटमा अग्रता दोब्बर बनाए । यस्तै सानेले ३२ मिनेटमा गोल गर्दा भासिलिसले ४३ मिनेटमा आत्माघाति गोल गर्दा बायर्नले पहिलो हाफमा ४– ० को अग्रता बनायो ।

खेलको ६१ मिनेटमा लेवाण्डोस्कीले ५–० को अग्रता बनाउँदा ६५ मिनेटमा किमिचले ब्यक्तिगत दोस्रो तथा टोलीको लागि ६–० को अग्रता दिलाए । यस्तै खेलको ७९ मिनेटमा एरिकले गोल गर्दै ७–० को जित आत्मासाथ गराए ।

लगातार ४ जितसँगै ५ खेलबाट १३ अंक जोडेको बायर्न शीर्षस्थानमा उक्लिएको छ । १ खेल कम खेलेको वुल्फस्बर्ग १२ अंकसहित दोस्रो स्थानमा छ ।

यता, पराजित बोचुम ५ खेलबाट ३ अंकसहित पुछारबाट दोस्रो तथा १७औँ स्थानमा छ ।

Share This:
सम्बन्धित खबर
Loading...