कमेडी च्याम्पियन सिजन-२ को उपाधि भरतमणि पौडेललाई

328

काठमाडौँ । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन–२ को उपाधि भरतमणि पौडेलले चुमेका छन् ।

शनिबार राति भएको ग्राण्ड फिनालेमा ताप्लेजुङका पौडेलले सबैभन्दा बढी भोटका साथ ‘कमेडी च्याम्पियन २’को उपाधि हात पारेका हुन् ।

उपाधिसँगै उनले एउटा कार र २५ लाख रुपैयाँ पुरस्कार जिते । ग्रान्ड फिनालेमा भरतमणिसँगै सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापा पुगेका थिए ।

भरतमणि ‘कमेडी च्याम्पियन’मा सात पटकसम्म ‘पर्फर्मर अफ द राउण्ड’ बन सफल भएका थिए ।

विक्की अग्रवाल दोस्रो भए । उनले मोटरसाइकल पाए । सन्तोष तेस्रो भएका छन् । उनले स्कुटर जितेका छन् ।

कमेडी शो’को निर्णायकमा हास्यकलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई छन् ।

‘कमेडी च्याम्पियन’को पहिलो सिजनमा हिमेश पन्त विजेता बन्न सफल भएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...