थप १०६६ जनामा काेभिड–१९ पुष्टि, संक्रमणबाट १६ काे मृत्यु

काेराेना अपडेट

253

काठमाडौँ । नेपालमा २४ घन्टाको अवधिमा १ हजार ६६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ८ हजार ५४० आरटी पिसिआर र २ हजार ८१८ एन्टिजेन गरी कुल ११ हजार ३८५  जनामा परीक्षण गरिएकोमा १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर २५ हजार ८२ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये २३ हजार ६३६ जना होम आइसोलेसनमा, १ हजार ४४६ संस्थागत आइसोलेसनमा र २४६ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३८९ जना र भेन्टिलेटरमा १२१ जना उपचाररत छन् ।

मन्त्रालयकाअनुसार शनिबार देशभरबाट १ हजार २३४ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ४७ हजार ८०० पुगेको छ । निको हुने दर ९५.४ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १६ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २८ पुगेको छ ।

No photo description available.
Share This:
सम्बन्धित खबर
Loading...