विश्वकप क्रिकेट लिग–२ : अमेरिका र नेपाल भिड्दै

310

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ । शुक्रबार अल अमेरात क्रिकेट मैदानमा नेपाल र अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेका हुन् । खेल अपराह्न ४ः१५ बजे सुरु हुने छ ।

यसअघि सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । त्यसैले अमेरिका नेपालविरुद्ध बदला लिने रणनीतिमा हुने छ । यस्तै नेपाल भने लगातार अमेरिकाविरुद्ध जित निकाल्ने दाउमा हुने छ ।

यसअघि अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल ओमनविरुद्ध ५ विकेटले पराजित भएको थियो । यता, अमेरिकासमेत ओमानसँग ४ विकेटले पराजित भएको थियो ।

लिग–२ मा नेपाल ६ खेलमा ६ अंक जोडेर छैटौँ स्थानमा रहेको छ । अमेरिका १४ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...