काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ११ हजार नाघ्याे

थप १५११ जनामा काेभिड–१९ पुष्टि

299

काठमाडौँ । नेपालमा काेराेना भाइरस (काेभिड–१९) संक्रमणबाट मृत्यु हुनेकाे संख्या ११ हजार नाघेकाे छ । पछिल्लाे २४ घन्टामा ११ जनाकाे मृत्यु भएसँगै हालसम्म काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या ११ हजार २ पुगेकाे छ ।

२४ घन्टाको अवधिमा देशभरमा १ हजार ५११ जनामा काेराेना भइरस संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार २०८ आरटी पिसिआर र ३ हजार ९७१ एन्टिजेन गरी कुल १५ हजार १७९ जनाकाे परीक्षण गर्दा १ हजार ५११ जनामा काेभिड–१९ पुष्टि भएकाे हाे ।

हाल देशभर २५ हजार ७७२ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये २४ हजार २२२ जना होम आइसोलेसनमा, १ हजार ५५० संस्थागत आइसोलेसनमा र २२० जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ४०७ जना र भेन्टिलेटरमा १२८ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार बिहीबार देशभरबाट १ हजार ६८९ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ४५ हजार २१५ पुगेको छ । निको हुने दर ९५.३ प्रतिशत छ ।

 
Share This:
सम्बन्धित खबर
Loading...