फिफा वरीयतामा नेपाल १६८औँ स्थानमा यथावत

316

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको स्थान यथावत रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरीयता सूचीअनुसार नेपाल १६८औँ स्थानमा छ । गत महिना सार्वजनिक सूचीमा पनि नेपाल १६८ स्थानमै थियो ।

नयाँ वरियताअनुसार दक्षिण एसियाली फुटबलमा भारत सबैभन्दा माथि छ । भारत १०७औँ स्थानमा छ । त्यस्तै १५८औँ स्थानमा रहेको माल्दिभ्स दोस्रो स्थानमा छ ।

यसैगरी नेपाल तेस्रो स्थानमा रहँदा १८७औ स्थानसहित भुटान चौथो स्थानमा छ । १८९ स्थानसहित बंगलादेश पाँचौँ, १९८ स्थानमा रहेको पाकिस्तान छैठौँ र २०५ स्थानमा रहको श्रीलंका दक्षिण एसियामा सातौँ स्थानमा छ ।

यसअघि गत भदौ तेस्रो साता नेपाल र भारतले दुई मैत्रीपूर्ण खेल खेलका थिए । जसमा एक खेल बराबरी भयो भने अर्कोमा भारतले २–१ गोल अन्तरले जितेको थियो ।

मैत्रीपूर्ण खेल जिते पनि भारत एक स्थान तल झरेको छ । यस्तै नेपाल भने वरीयतामा यथावत रहेको हो ।

फिफा वरीयताअनुसार शीर्ष स्थानमा बेल्जियम रहेको छ । दोस्रो स्थानमा ब्राजिल रहँदा तेस्रो स्थानमा इग्ल्यान्ड रहेको छ ।

चौथो स्थानमा फ्रान्स, पाँचौँ स्थानमा इटाली, छैटौँमा अर्जेन्टिना, सातौँमा पोर्चुगल, आठौँमा स्पेन, नवौँमा मेक्सिको र १०औँ स्थानमा डेनमार्क रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...