सङ्खुवासभा हत्या प्रकरण : लोकबहादुरको घरमा भेटियो रञ्जनाको मोबाइल, भाइ पनि पक्राउ

691

खाँदबारी । सङ्खुवासभा जिल्लाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनको हत्या प्रकरणमा पक्राउ परेका मुख्य आरोपी लोकबहादुर कार्कीका भाइ पनि पक्राउ परेका छन् ।

लोकबहादुरका भाइ नरेशमाथि सोधपुछ भइरहेको सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीले बताए । उनकाअनुसार हत्या गरिएकामध्ये एकजनाको मोबाइल लोकबहादुरको घरमा फेला परेको थियो ।

हत्या गरिएकी ३२ वर्षीया बुहारी रञ्जना कार्कीको मोबाइल हराएको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले नरेशको साथबाट सो मोबाइल बरामद गरेका छन् ।

हत्यापछि सङ्खुवासभा पुगेका केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी रुगम कुँवर, संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल र सङ्खुवासभाका डिएसपी सुवेदीसहितको टिमले ५ दिनपछि लोकबहादुरलाई पक्रेर सार्वजनिक गरेका थिए ।

एकै परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ गरी आइतबार जिल्ला प्रहरी कार्यालय खाँदबारीमा पत्रकार सम्मेलन गरी सार्वजिनक गरको थियो ।

यही भदौ २१ मा ५२ वर्षीय तेजबहादुर कार्कीसहित ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

हत्या आरोपीको बयान- ‘तेबहादुरलाई मात्रै मार्न खोजेको थिएँ, अरुले देखेपछि सबैलाई सिध्याएँ’

सङ्खुवासभा हत्या प्रकरण : एउटै चिर्पटबाट पाँच जनाको हत्या

 

Share This:
सम्बन्धित खबर
Loading...