२४ घन्टामा थपिए १७६० काेराेना संक्रमित, ७ जनाकाे मृत्यु

काेराेना अपडेट

251

काठमाडौँ । नेपालमा २४ घन्टाको अवधिमा १ हजार ७६० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १२ हजार ५२४ आरटी पिसिआर र ४ हजार ३२० एन्टिजेन गरी कुल १६ हजार ८४४  जनामा परीक्षण गरिएकोमा १ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर २६ हजार ३०७ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये २४ हजार ६८३ जना होम आइसोलेसनमा, १ हजार ६२४ संस्थागत आइसोलेसनमा र २१८ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ४०७ जना र भेन्टिलेटरमा १२९ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार बुधबार देशभरबाट १ हजार २२० जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ४३ हजार ५२६ पुगेको छ । निको हुने दर ९५.२ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ७ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ९९१ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...