तोकिएकै समयभित्र निर्माण सम्पन्न गर्न व्यवसायीलाई ऊर्जामन्त्रीको आग्रह

294

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले तोकिएको समयभित्रै गुणस्तरिय निर्माणको काम सम्पन्न गर्न व्यवसायीहरुलाई आग्रह गरेकी छन् ।

बुधबार ललितपुरमा नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठनको १२औँ साधारणसभामा मन्त्री भुसालले भौतिक पूर्वाधारको विकास विभिन्न निर्माणद्वारा पूरा हुने भएकाले समय र गुणस्तरमा ध्यान दिन आग्रह गरेकी हुन् ।

उनले मुलुकको विकासमा निर्माण व्यवसायीको भूमिका अपरिहार्य रहेको बताइन् । मन्त्री भुसालले केही नीति नियमहरु निर्माण व्यवसायीको हितमा नरहेको स्वीकार गर्दै आवश्यक संशोधनको प्रक्रिया सुरु भइसकेको उल्लेख गरिन् ।

फरक प्रसंगमा उनले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीलाई समाप्त पार्ने प्रतिगमनकारी कदमलाई पराजित गर्दै अग्रगमनको बाटोमा अघि बढ्न सफल भएको जिकिर गरिन् ।

उनले संघीय संसदमात्र नभएर प्रदेशका सभाहरुमा समेत अवरोधको प्रयास हुन थालेको भन्दै आफूहरु प्रतिगमनविरुद्ध निरन्तर संघर्ष गर्ने धारणा राखिन् । कार्यक्रममा व्यवसायीहरुले आयोजना निर्माणका क्रममा केही नीति नियमले आफूहरुलाई बाधेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...