आइफोन–१३ सार्वजनिक, यस्ता छन् यसको फिचर्स र मूल्य

430

काठमाडौँ । एप्पलको बहुप्रतिक्षित उत्पादन आइफोन १३ विभिन्न ४ मोडलमा सर्वजनिक भएका छन् । आइफोनसँगै मंगलबार राति अमेरिकाको क्यालिफोर्नियाको अनलाइन इभेन्टमार्फत एप्पलले अन्य दुई उत्पादन आइप्याड र एप्पल वाच सर्वाजनिक गरेको छ ।

नयाँ मोडलमा आइफोन १३ मिनी, आइफोन १३, आइफोन १३ प्रो र आइफोन प्रो म्याक्स हुन् ।

आइफोन १३ प्रो र १३ प्रो क्याक्सका फिचर
आइफोन–१३ प्रो डिस्प्ले ६.१ इञ्चको छ भने प्रो म्याक्सको डिस्प्ले ६.७ इञ्चको रहेको छ । यी दुवै फोनमा ए–१५ बायोनिक चिप राखिएको छ । एप्पलकाअनुसार यो चिपका कारण आइफोन–१३ सिपियू हालसम्मकै तीव्र गतिको छ ।

यसमा भएको फाइभ–को सिपियू सुविधानले ग्राफिक्स पहिलेभन्दा ५० प्रतिशत तीव्र हुने छ । गेमरहरुका लागि यो दुवै फोन उत्कृष्ट छ ।

आइफोन–१३ मा पहिलेकै जस्तै फोन स्टोरेज १ टेराबाइटसम्म भएको फोन पाउन सकिने छ ।

यी दुवै फोनको मूल्य ९९९ देखि १ हजार ९९ डलरसम्म पर्ने छ । १ टेराबाइट स्टोरेज फोनको मूल्य भने १ हजार ९९९ अमेरिकी डलर पर्ने छ । यी फोनहरु ग्राफाइट, गोल्ड, सिल्भर र रियर ब्लु गरी चार रंगमा पाइने छ ।

यी दुवै फोन सेप्टेम्बर २४ देखि बजारमा उपलब्ध हुनेछन् ।

आइफोन–१३ मिनी
आइफोन–१३ ६.१ इञ्चको हुने छ भने आइफोन–१३ मिनी ५.५ इञ्चको हुने छ । यी दुवैमा प्रो मोडलको जस्तै ए–१५ बायोनिक चिप प्रयोग हुने छ । यसमा दुईवटा क्यामेरा छ । यो फोनमा आइफोन–१२ भन्दा टिकाउ हुने छ ।

एकपटक चार्ज गर्दा आइफोन १२ भन्दा आइफोन १४ साढे २ घन्टा बढी टिक्छ भने मिनी १३ साढे १ घन्टा बढी टिक्छ । १२८ जिबीको आइफोन १३ मिनीको मूल्य ६९९ अमेरिकी डलर पर्छ भने सोही स्टोरेज क्षमताको आइफोन १३ को मूल्य ७९९ अमेरिकी डलर पर्दछ । स्टोरेजअनुसार मूल्य बढ्ने छ ।

यी दुई मोडेलको फोन पिंक, ब्लु, ब्ल्याक, ह्वाइट र रेड गरी पाँच रंगमा पाइने छ ।

Share This:
सम्बन्धित खबर
Loading...