वीरगञ्ज बम काण्डका मुख्य योजनाकार पक्राउ

306

वीरगञ्ज । वीरगञ्जमा बम पड्काइ जनमानसमा त्रास फैलाउने र उद्योगी व्यापारीहरुसँग धम्काएर पैसा माग्ने फरार अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२४ (साविक रामगढवा गाविस–३)का ३३ वर्षीय फुलहसन अन्सारी रहेका छन् ।

दुई वर्षअघि २०७६ साउन २४ गते वीरगञ्ज–४ बिर्तास्थित बजारमा र त्यसको चार दिन पछि २८ गते घन्टाघर नजिक तरकारी बजारमा सुतली बम पड्काइ जनमानसमा त्रास फैलाएको र वीरगञ्जका उद्योगी व्यापारीहरुलाई फोनबाट धाकधम्की दिइ पैसा माग्ने अपराधिक कार्यमा संलग्न रही फरार रहेका अन्सारीलाई पर्सा प्रहरीले आज बिहान ४ बजे पक्राउ गर्न सफल भएको हो ।

घटना भएलगत्तै अपराधिक कार्यमा संलग्न अन्य तीनजना पक्राउ परेर २ वर्ष ६ महिना कैद सजाय र २५ हजार नगद जरिबानासहित कारागार भुक्तान गरिरहेको अवस्थामा मुख्य योजनाकार अन्सारी फरार रहेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...