अर्थमन्त्री शर्मालाई भेटेर एमसीसीकी उपाध्यक्ष सुमारले भनिन्,‘सम्झौता अनुमोदन गरेर कार्यान्वयनमा लैजानुहाेस्’

147

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले नेपाल भ्रमणमा रहेका मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमारसँग भेटवार्ता गरेका छन् ।

अर्थमन्त्रालयमा आज भएको शिष्टाचार भेटमा उपाध्यक्ष सुमारले एमसीसीसँगको सम्झौता संसदबाट अनुमोदन गराएर कार्यान्वयनमा लैजान आग्रह गरेकी छन् । उनले एमसीसी नितान्त नेपालको विकास परियोजना सम्झौता भएको पनि दोहोर्याएकी छन् ।

जबाफमा अर्थमन्त्रीले एमसीसीको विषयमा राजनीतिक तवरमा छलफल भइरहेको बताएको उनको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार अर्थमन्त्री शर्माले नेपालको हितमा हुनेगरी राष्ट्रिय सहमति बताएर पारित गर्न सकिने पनि बताए ।

यसअघि सुमारले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, ऊर्जा मन्त्री पम्फा भुसाललगायतसँग भेटवार्ता गरेकी थिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...