२४ घन्टामा थपिए १,१४६ संक्रमित, २१ जनाकाे मृत्यु

काेराेना अपडेट

166

काठमाडौँ । नेपालमा २४ घन्टाको अवधिमा १ हजार १४६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ८ हजार ५४९ आरटी पिसिआर र २ हजार ३६७ एन्टिजेन गरी कुल १० हजार ९१६  जनामा परीक्षण गरिएकोमा १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर २७ हजार ९५८ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये २६ हजार २९६ जना होम आइसोलेसनमा, १ हजार ६६२ संस्थागत आइसोलेसनमा र २५२ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ४५८ जना र भेन्टिलेटरमा १४५ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार शुक्रबार देशभरबाट १ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ३६ हजार ६६६ पुगेको छ । निको हुने दर ९५ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २१ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ९२४ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...