बागमती प्रदेशका १३ जना एमाले सांसद्ले रोजे एकीकृत समाजवादी

341

काठमाडौँ । बागमती प्रदेशसभाबाट नेकपा (एमाले) छाडेर नेकपा (एकीकृत समाजवादी)मा सनाखत गर्ने प्रदेशसभाका सांसद् १३ जना रहेका छन् ।

प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौँडामा पुगी सनाखग गर्नेमा पार्टी केन्द्रीय सदस्यसमेत रहेका राजेन्द्र पाण्डे, कृष्णप्रसाद शर्मा खनाल, मुनु सिग्देल रहेका छन् ।

यस्तै, सांसद्हरु माधव पौडेल, राजेन्द्रमान श्रेष्ठ, बसन्तप्रसाद मानन्धर, लक्ष्मण लम्साल, रमा आले मगर, इन्द्रमाया गुरुङ, मीना नेपाल ज्ञवाली, कुसुमकुमार कार्कीm बसुन्धरा हुमागाईं र पार्वती सिलवाल रहेका छन् ।

बागमती प्रदेशका १३ जना सांसद्ले एकीकृत समाजवादीमा सनाखत गरेको समाजवादीकी केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य मुुनु सिग्देलले जानकारी दिइन् ।

बागमती प्रदेशमा एमालेका ५६ जना सांसद् रहेकामा १३ जना एकीकृत समाजवादीमा गएपछि अब एमालेमा ४३ जना सांसद् रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...