माधव नेपाल समूहबाट मन्त्री बनेका दुईजनाले दिए राजीनामा

220

काठमाडौँ । सुदूरपश्चिम सरकारका दुई जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । विगतमा नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षबाट मन्त्री बनेका प्रकाशबहादुर शाह र अर्चना गहतराजले राजीनामा दिएका हुन् ।

एमाले विभाजन भएपछि उनीहरु माधव नेपाल समूह छाडेर संस्थापनमै रहेका छन् । शाह एमाले संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री रहेका थिए भने गहतराज राज्यमन्त्री थिइन् ।

बाजुराबाट निर्वाचित शाह २०७४ फागुन ५ मा तत्कालीन नेकपा नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त भएका थिए ।

पार्टी विभाजनका बेला एमाले स्थायी कमिटीको निर्देशनविपरीत शाहले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएका थिए ।

गत जेठमा माधव समूहले ३ जना मन्त्रीलाई फिर्ता बोलाएर ७ जना मन्त्री थपेको थियो । सो क्रममा उनी आर्थिक मामिलामन्त्री बनेका थिए भने गहतराज राज्यमन्त्रीमा नियुक्त भएकी थिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...