सुदूरपश्चिमका दुईजना मन्त्रीले राजीनामा दिँदै

89

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका दुई जना मन्त्रीले राजीनामा दिने भएका छन् ।

दल विभाजनपछि नेकपा एमालेमै रहने निधो गरेका एमाले संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिन लागेका हुन् ।

“नेकपा एकीकृत समाजवादीमा जाने हाम्रो कुनै तयारी छैन । राजीनामा दिने विषयमा छलफल भइरहेको छ,” मन्त्री गहतराजले भनिन् ।

विगतमा शाह र गहतराज दुवै माधवकुमार नेपाल समूहमा थिए । तर, दल विभाजन भएपछि भने उनीहरुले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई साथ दिएका छैनन् ।

एमाले केन्द्रीय कमिटीले यसअघि नै सरकारबाट फिर्ता हुने निर्णय गरिसकेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...