पछल्लाे २४ घन्टामा थपिए १,६७७ काेराेना संक्रमित, २१ जनाकाे मृत्यु

176

काठमाडौँ । नेपालमा २४ घन्टाको अवधिमा १ हजार ६७७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ११ हजार १११ आरटी पिसिआर र ३ हजार ९२३ एन्टिजेन गरी कुल १५ हजार ३४  जनामा परीक्षण गरिएकोमा १ हजार ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ३० हजार ३०३ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये २८ हजार ३१४ जना होम आइसोलेसनमा, १ हजार ९८९ संस्थागत आइसोलेसनमा र २५८ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ५१४ जना र भेन्टिलेटरमा १५४ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार मंगलबार देशभरबाट २ हजार ७२ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ३१ हजार पुगेको छ । निको हुने दर ९४.७ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २१ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ८७९ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...