काठमाडौँ । गृह मन्त्रालयले काठमाडौँका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । गृह मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजाललाई नयाँ प्रजिअका रुपमा पठाइएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणको मन्त्रिस्तरीय निर्णयबाट कालीप्रसाद पराजुलीलाई हटाएर रिजाललाई त्याइएको हो । पराजुलीलाई गृह मन्त्रालयमा तानिएको स्रोतले बतायो ।
रिजाल विगत ४ महिनादेखि गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुखका रुपमा कार्यरत थिए । यसअघि उनी २०७७ साल कात्तिक २ गतेदेखि २०७८ जेठ २ गतेसम्म मकवानपुरका प्रजिअ रहिसकेका छन् । यस्तै, उनले करिब २ वर्ष दाङको प्रजिअ भएर पनि काम गरेका छन् ।