खाँदबारी । सङ्खुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । मादी नगरपालिका–१ खोला गाउँका तेज बहादुर कार्कीको परिवारका ६ जनालाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
उनीहरुलाई आज बिहान छिमेकीहरुले मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । ५८ वर्षीय तेजबहादुर कार्की, उनका आमा ८० वर्षीय पावर्ती कार्की, उनकी श्रीमती ५६ वर्षीय मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीया नाती दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या गरिएको हो ।
घटनाको थप विवरण बुझ्नका लागि जिल्ला प्रहरी कार्यालयका डिएसपी लालध्वज सुवेदीको टोली घटनास्थलतर्फ लागेको छ ।
सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न ६ घन्टा लाग्ने प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालयको टोलीले घटना स्थाल पुगेर निरीक्षण गरिरहेको जनाइएको छ ।