सङ्खुवासभामा ट्रक दुर्घटनाः चलकको घटनास्थलमै मृत्यु, १० घाइते

581

खाँदबारी । सङ्खुवासभाको चिचिला गाउँपालिका–१ मा ट्रक दुर्घटना हुँदा चालकको मृत्यृ भएको छ भने १० जना घाइते भएका छन् ।

मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा तरकारी पुर्याएर सदरमुकाम खाँदबारीतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ख ८०८३ नम्बरको मिनी ट्रक शनिबार राति चिचिला गाउँपालिका–१ पात्लेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख प्रहरी नयाब उपरीक्षक (डिएसपी) लालध्वज सुवेदीले जानकारी दिए ।

उनकाअनुसार दुर्घटनामा चालक धनकुटाको महालक्ष्मी नगरपालिका–६ लेगुवाका २९ वर्षीय जनक पाण्डेको घटनास्थलमै मृत्यु भएको छ । पाण्डेको शव ट्रकले किचेको अवस्थामा फेला परेको थियो ।

दुर्घटनामा घाइते १० जनामध्ये तीन जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते खाँदबारी नगरपालिका–७ का २९ वर्षीय बब्लु मगर, भारतको आसामका ३२ वर्षीय राहुल मालाकार र रक्की कुमारलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

घाइते १० जना मध्ये ८ जना अरुण तेस्रो जलविद्युत् आयोजनामा काम गर्ने भारतीय नागरिक हुन् । दुर्घटनामा भारतीय नागरिक २४ वर्षीय मौतुन राय, विशाल कुमार, शैलेश कुमार, २७ वर्षीय संकज कुमार, ३० वर्षीय राभेन वैष्णव र २१ वर्षीय अरविन्द कुमार छन् ।

यस्तै, खाँदबारी–८ पिप्लेका १८ वर्षीय सविन विक पनि घाइते भएका छन् । घाइतेमध्ये ३ जना सामान्य उपचारपछि घर फर्किएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...