सङ्खुवासभामा एमाले अध्यक्षसहित ३५ जनाले रोजे नेकपा (एस)

243

खाँदबारी । नेकपा (एमाले) सङ्खुवासभाका अध्यक्षसहित ३५ जना जिल्ला कमिटी सदस्यले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।

जिल्ला कमिटी अध्यक्ष हेमरा धिमिरेसहित ३५ जिल्ला कमिटी सदस्यले शनिबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा एकीकृत समाजवादी रोज्ने घोषणा गरेका हुन् ।

एमालेका २६ जना सचिवालय सदस्यमध्ये १५ जना समाजवादीमा खुलेका छन् । सचिवालयका सदस्यहरु ऋषिकेशव चापागाईं, कृष्णकुमार तामाङ, मानसिंह पोखरेल, बद्री सापकोटा, सुमन शाक्य, केशरबहादुर महते, राजेन्द्र सुब्बा, योगराज गाउँले, डम्बरबहादुर श्रेष्ठ, केशकुमारी खत्री कार्कीले एकीकृत समाजवादी रोजेका हुन् ।

यस्तै, डेगेश्वरी श्रेष्ठ, सरिता थापा खड्का, श्यामसुन्दर बोगटी, पदमकुमारी गुरुङले एकीकृत समाजवादी रोजेको समाजवादी सङ्खुवासभाका नेता हेमराज घिमिरेले बताए ।

त्यसैगरी, जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य, खाँदबारी नगरपालिकाकी उपप्रमुख डेगेश्वरी श्रेष्ठ, चैनपुर नगरपालिकाकी उपप्रमुख मुना श्रेष्ठलगायत वडा अध्यक्ष तथा सदस्यहरुले नेकपा (एस)मा सनाखत गर्ने जनाएका छन् ।

माधवकुमार नेपाल पक्षमा रहेका जिल्ला कमिटी उपाध्यक्ष भीम लिङ्खा भने अहिले कतै खुलेका छैनन् । एमाले पूर्वअध्यक्ष तथा केन्द्रीय लेखा समिति सदस्य उमेशकुमार डाँगी पनि एकीकृत समाजवादीमा लागेका छन् । प्रदेशसभा सदस्य सरिता थापा र पदमकुमारी गुरुङले समाजवादी पार्टीमा सनाखत गरिसकेका छन् ।

५८ जिल्ला कमिटी सदस्यमध्ये उपाध्यक्ष वाङ्दावी भोटे, सचिव खड्ग राईसहित २३ जिल्ला कमिटी सदस्य भने एमालेमै छन् ।

Share This:
सम्बन्धित खबर
Loading...