पहिरोले अरुण तेस्रो विद्युत्‌गृहस्थलको सडक अबरुद्ध

442

खाँदबारी । लगातारको वर्षापछि आएको पहिरोले सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत्‌गृहस्थल पुखुवा जाने सडक खण्ड अबरुद्ध भएको छ ।

पहिरोले अरुण तेस्रोको विद्युत्‌गृहस्थल जाने छ्याङ्कुटी–दिदिङ सडक खण्डको चिचिला गाउँपालिकाको दिदिङमा सडक अबरुद्ध भएको हो ।

बिहीबार राति खसेको पहिरोले अरुण तेस्रोको विद्युत्‌गृहस्थल जाने उक्त सडक खण्ड अबरुद्ध भएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । अरुण तेस्रोको विद्युत्‌गृहस्थल छ्याङ्कुटी–दिदिङ सडकका विभिन्न स्थानमा पहिरो खसेको छ ।

अबरुद्ध सडक खण्डको पहिरो हटाउन शुक्रबार दिउँसोदेखि नै थालिएको प्रजिअ पौडेलले बताए । छ्याङ्कुटी–दिदिङ अण्ड अबरुद्ध हुँदा अरुण तेस्रो आयोजनाको विद्युत्‌गृहस्थल पुखुवा जाने सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् । पहिरो हटाउन अरुण तेस्रो आयोजनाका दुईवटा स्काभेटरले काम गरिरहेको उनले बताए ।

शनिबार दिउँसोसम्म पहिरो हटाउने काम सकेर सडक खोलिने प्रजिअ पौडेलले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...