कर्णालीका ३ जना सांसद् एकीकृत समाजवादीमा खुले

371

कर्णाली । कर्णाली प्रदेशसभाका ३ जना सांसद्ले नेकपा (एमाले) परित्याग गरेर नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।

एमाले परित्याग गर्नेहरुमा मुगुका चन्द्रबहादुर शाही, जुम्लाका पदम रोकाय र रुकुमकी देवी ओलीले सुर्खेतस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा एसको पक्षमा सनाखत गराउँदैछन् ।

कर्णाली प्रदेशसभामा एमालेका २० जना सांसद् थिए । प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढाले यसअघि नै फ्लोर क्रस गरेर माओवादी सरकारमा गएकाले उनीहरुको पद रिक्त भएको छ । सभामुखसहित १६ सांसद्मध्ये ३ जनाले नेकपा एस रोजेपछि अब एमालेका सभामुखसहित १३ सांसद् भएका छन् ।

४० सांसद् रहेको कर्णाली प्रदेशसभामा अब एमालेका १३, नेकपा (माओवादी केन्द्र)का १२, नेपाली कांग्रेसका ६ र नेकपा (एकीकृत समाजवादीका) ३ र राप्रपाका १ सांसद् रहेका छन् ।

माओवादीबाट एमाले रोजेका धर्मराज रेग्मीको पद यसअघि नै रिक्त भइसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...