काठमाडौं । जारी निषेधाज्ञा थप्ने निर्णय गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै छ ।
बुधबार उपत्यका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरुको बैठक दिउँसो १ बजेलाई बोलाइएको छ । आजको बैठकले निषेधाज्ञाको अवधि थप्ने छ ।
अबको निषेधाज्ञामा विद्यालय पनि सञ्चालन गर्न दिने तयारी पनि भएको जनाइएको छ । तर, विद्यालय सञ्चालनको मोडालिटी तयार भइनसकेकाले त्यसबारे आवश्यक छलफल हुने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
यसअघि थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ ।
पछिल्लो समय उपत्यकाका केही स्थानीय तहहरुले विद्यालय भौतिकरुपमै खोल्न लागेसँगै विद्यालयहरु भौतिकरुपमा खोल्न दिने या नदिने भन्ने विषयमा बैठकले निर्णय गर्ने पराजुलीले बताए ।